• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

एमाले सुदूरपश्चिममा टिकट वितरणमा असन्तुष्टि, कतै बागी कतै राजीनामा

धनगढी, २४ असोज । टिकट वितरणलाई लिएर नेकपा एमाले सुदूरपश्चिममा तीव्र असन्तुष्टि देखिएको छ।आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा एमालेबाट टिकट नपाएकाहरु कतै बागी उठेका छन् भने कतै राजीनामा दिएका छन्।

अछाम १ मा जिल्ला हुँदै प्रदेश कमिटीबाट एकल सिफारिस भएका एमालेका पूर्वउपाध्यक्ष डा.भीम रावलको टिकट खोसेर एमालेले माओवादीबाट समाहित भएका झपट बोहरालाई टिकट दिँदा विद्रोह भएको छ।

अछाम निर्वाचन क्षेत्र नम्बर १ समन्वय कमिटी संयोजक प्रकाश शाहसहित ४० बढी एमाले नेता कायकर्ताले जिम्मेवारीबाट राजीनामा दिएका छन्।आइतबार उम्मेदवारी दर्ता गर्न पुगेका झपट बोहरालाई कालो झण्डा देखाउँदै रावलनिकट कार्यकर्ता अछाममा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजीमै उत्रिएका थिए।

डडेल्धुरामा नेपाली कांग्रेस बीपीसँग एमालेले गरेको गठबन्धन टुटेको छ। डडेल्धुरामा नेकपा एमालेले प्रतिनिधि सभामा कांग्रेस बीपीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्ललाई समर्थन गर्दै आफ्नो उम्मेदवार नउठाउने सहमति गरेको थियो।

यो सहमतिविपरीत डडेल्धुरामा एमालेबाट प्रतिनिधिसभामा दुईजनाको उम्मेदवारी परेको छ। प्रतिनिधि सभातर्फ पूर्व राष्ट्रिय सभा सदस्य चक्र स्नेहीको उम्मेदवारी परेको छ।यस्तै, एमाले विभाजनमा नेकपा एकीकृत समाजवादीमा लागेर केही महिना अगाडि फर्किएका विक्रमबहादुर शाहीले डडेल्धुरामा बागी उम्मेदवारी दर्ता गराएका छन्।

‘डडेल्धुरामा अरुका लागि ठाउँ खाली छोड्न सकिँदैन, सधैँ अरुलाई बोकेर कति हिँड्नेरु यस्तो भयो भने एमालेको अस्तित्व सकिन्छ,’ उनले भने, ‘जति मत आए पनि उम्मेदवारी दिनुपर्छ भनेर मनोनयन दर्ता गरेको छु।’

एमालेको अरु उम्मेदवार आए फिर्ता लिने तर अरु दलका उम्मेदवारलाई समर्थन गर्न नसकिने उनले बताए।एमाले विभाजनका बेला समाजवादीमा लागेका शाही केही महिनाअगाडि एमालेमै फर्किएका थिए।

एमालेले संघमा कांग्रेस बीपीका मल्ललाई समर्थन गर्दै प्रदेश सभामा गजेन्द्र शाही र पठानसिंह बोहरालाई टिकट दिएको थियो।एमाले कञ्चनपुरमा पनि असन्तुष्टि र विद्रोह गर्नेको कमी छैन। टिकट वितरणमा असन्तुष्टि जनाउँदै कञ्चनपुर १ प्रतिनिधि सभामा एमाले नेता खेम सुवेदी बागी उठेका छन्।

पुराना र क्रियाशील नेतालाई पाखा लगाउँदै अवसरवादीलाई पुरस्कृत गरेको भन्दै सुवेदीले पार्टी परित्याग गरेका छन्।यस्तै, निर्वाचन क्षेत्र नम्बर २(१) मा प्रदेश कमिटी सचिवालय सदस्य टेकबहादुर हमालले पनि विद्रोह गर्दै बागी उठेका छन्।

कञ्चनपुर एमालेका संस्थापनकालदेखि नै सक्रिय प्रदेश कमिटी सचिवालय सदस्य जयराज पाण्डेले पार्टी छाडेका छन्। उनले क्षेत्र नम्बर २(१) का बागी उम्मेदवार हमाललाई समर्थन गरेका छन्।त्यस्तै, एमाले कञ्चनपुरका उपसचिव कर्णबहादुर चन्दले क्षेत्र नम्बर ३(१)बाट बागी उम्मेदवारी दिएका छन्।

एमाले केन्द्रीय सदस्य सहदेव बोगटीले बाजुराको प्रदेशसभा (१) बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। एमालेले उक्त निर्वाचन क्षेत्रबाट यसअघिका संघीय सासंद लालबहादुर थापालाई टिकट दिएको छ।

बोगटीले प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (२)बाट टिकट पाउने चर्चा थियो। तर अन्तिममा निवर्तमान प्रदेशसभा सदस्य बलदेव रेग्मीले टिकट पाएपछि उनी अर्को निर्वाचन क्षेत्रबाट बागी उम्मेदवार बनेका हुन।

माओवादी केन्द्रमा रहेका बोगटी नेकपा विभाजनपछि एमालेतर्फ लागेका नेता हुन्। कैलालीमा टिकट वितरणमा असन्तुष्टि जनाउँदै एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य मानबहादुर रावलले राजीनामा दिएका छन् ।

रावलले प्रदेशसभा सदस्यको टिकट वितरणमा चरम गुटबन्दी गरिएको आरोप लगाउँदै पदबाट राजीनामा दिएका हुन्। कैलाली प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ४(२) बाट उनी सिफारिस भएका थिए तर टिकट पाएनन्।

कैलालीमा एमालेका पुराना नेता यज्ञराज बास्तोलाले पनि साधारण सदस्य समेत नरहनेगरि राजिनामा दिएका छन् । एकातिर गठबन्धनको दबदबा र अर्कोतिर पार्टी भित्रको चरम असन्तुष्टीले एमाले लाइ सुदूरपश्चिम प्रदेशमा धक्का पुग्ने देखीन्छ ।

 

सोमबार, असोज २४, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.