धनगढी, २४ असोज । नेकपा (एमाले)का सुदूरपश्चिम सचिवालय सदस्य यज्ञराज बास्तोलाले राजीनामा दिएका छन्। उनले एक विज्ञप्ती जारी गर्दै एमालेको साधारण सदस्यसमेत नरहने गरी आफूले सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका हुन्।
प्रदेश सभा सदस्यमा टिकट नपाएपछि उनले यस्तो घोषणा गरेका हुन्। उनले कैलाली क्षेत्र नम्बर ५ को (१)मा आफूलाई उम्मेदवारको लागि निर्णय गरिसकेको अवस्थामा पार्टीका जिल्ला इन्चार्ज नारदमुनि रानाको जिद्दीको कारण टिकट खोसिएको भन्दै राजीनामा दिएको बताएका छन्।
उनले राजीनामा पत्रमा नारदमुनि रानाजस्ता व्यक्ति नेतृत्वमा बसेर काम गर्दा पार्टी र समाजको भलो नहुने उल्लेख गरेका छन्। बास्तोलाले आफू २०३५ सालदेखि कम्युनिष्ट आन्दोलनमा लागेको जनाएका छन्।नेकपा एमालेले क्षेत्र नम्बर ५ (१) मा नेपालु चौधरीलाई सदस्यको उम्मेदवार बनाएको छ।
