धनगढी, २३ असोज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले दार्चुलाबाट मनोनयन दर्ता गराएका छन्। सत्तारुढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार बडूले प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गराएका हुन्।
.उनले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय दार्चुला खलंगामा प्रदेशसभाका दुवै उम्मेदवारसहित मनोनयन दर्ता गराएका छन्। दार्चुलाबाट सुदूरपश्चिम प्रदेश सभाका दुई उम्मेदवार छन्। प्रदेशसभा सदस्यमा दार्चुला (क)बाट कांग्रेसका विक्रमसिंह धामी र दार्चुला (ख) बाट माओवादी केन्द्रका मानबहादुर धामीले उम्मेदवारी दर्ता गराएका छन्।