काठमाडौं, २३ असोज । कालीकोटमा पहिरोमा पुरिएर आइतबार ६ जना बेपत्ता भएका छन् ।पहिरोमा परी तिलागुफा नगरपालिका–७, बालीगाउँमा ध्रुवराज विष्टसहित उनको परिवारका पाँचजना र तिलागुफा नगरपालिका–६ मा ८० वर्षीया लालुका शाही बेपत्ता भएकी हुन् ।
कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बेपत्ता भएकाहरूको खोजीकार्य जारी रहेको जानकारी दिए ।उनका अनुसार घरमाथिबाट आएको पहिरोले घर पुरिएको छ । लगातारको वर्षाले कालीकोटको जनजीवन प्रभावित भएको छ ।