धनगढी, २३ असोज । पूर्व राज्यमन्त्री पुष्करनाथ ओझाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्।कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि ओझाले बिहान मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीमा मनोनयन दर्ता गरेका हुन्।
मंसिर ४ गते हुने चुनावमा कैलाली–५ का मतदाताको स्वाभिमान र आत्मसम्मानको रक्षा गर्न चुनाव लड्ने उनले बताए।नेपाली काँग्रेसको राजनीतिमा २०३४ सालदेखि क्रियाशील रहेका ओझालाई कारबाही गरिएको थियो। विजयी भए आगामी ५ वर्षसम्म स्वतन्त्र जनताको प्रतिनिधि भएर काम गर्ने उनले बताएका छन्।
ओझासँग राष्ट्रिय स्वतन्त्र पार्टीबाट इश्वरी विष्टले पनि मनोनयन दर्ता गराएकी छिन्। कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि विष्टले उम्मेदवारी दर्ता गराएकी हुन्।
