काठमाडौं, २३ असोज । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्य पदको मनोनयनपत्र दर्ताका लागि डडेलधुरा नजाने भएका छन् । कार्यव्यस्तताका कारण उनी आइतबार डडेलधुरा नजाने भएका हुन् ।
डडेलधुरामा सत्ता गठबन्धनका तर्फबाट देउवा प्रतिनिधिसभातर्फ र प्रदेशसभातर्फ नेकपा(९माओवादी केन्द्र)का खगराज भट्ट र नेपाली कांग्रेसका गोविन्द बोहरा उमेदवार बन्नेछन् ।
भट्ट र बोहरा भने आफैँ उपस्थित हुनेछन् । देउवाले आफ्ना प्रतिनिधिमार्फत उमेदवारी दर्ता गराउनेछन् ।देउवापत्नी आरजु राणा देउवा भने डडेलधुरामै छन् ।