धनगढी, २३ असोज/प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वारेसमार्फत् प्रतिनिधिसभा सदस्यका लागि मनोनयन पत्र दर्ता गर्ने भएका छन्।
मनोनयन पत्र दर्ताका लागि उनले प्रथम महिला तथा केन्द्रीय सदस्य डा. आरजु राणा देउवालाई डडेल्धुरा पठाएका छन्।डा। राणा श्रीमानको मनोनयन पत्र दर्ताका लागि शनिबार बेलुकी डडेल्धुरा पुगेकी हुन्। कांग्रेस डडेल्धुराका उपसभापति डिल्लीराज जोशीले आइतबार दिउँसो २ बजे मनोनयन पत्र दर्ता गर्ने तयारी गरिएको जानकारी दिए।
