धनगढी, २२ असोज । कैलाली निर्वाचन क्षेत्र नम्बर–५ ‘क’ मा नेकपा माओवादी केन्द्रबाट सिफारीस भएका उम्मेदवारहरुले अन्यत्रबाट उम्मेदवार बनाइए मान्य नहुने जनाएका छन् ।
सो क्षेत्रबाट सिफारीस भएका माओवादी केन्द्रका उम्मेदवारहरुले आज संयुक्त बक्तब्य जारी गरी नियम विपरित यस्तो कार्य भए पार्टी र गठबन्धनले अपुरणिय क्षत्ति ब्यहोर्नुपर्ने चेतावनी दिएका हुन् ।
गठबन्धन गर्दा कैलाली निर्वाचन क्षेत्र नम्बर–५ ‘क’ नेकपा माओवादी केन्द्रका भागमा परेको भएपनि यस क्षेत्रबाट पार्टीले सिफारिस गरेका भन्दा बाहिरबाट उम्मेदवार बनाइन लागेको प्रति प्रेस बक्तब्य सार्वजनिक गर्नुपरेको उल्लेख छ ।
सो क्षेत्रबाट नेकपा माओवादी केन्द्रले सिफारिस गरेका स्थानीय नेताहरु केशवराज जोशी, देवीलाल भण्डारी र रमेशकुमार बस्नेतले संयुक्त बक्तब्य जारी गरी केन्द्रीय समितिमा प्रत्युत्पादक निर्णय नगर्न माग गरेको हो ।
