धनगढी, २१ असोज/पुष्करनाथ ओझाले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट अगामी मंसिर ४मा स्वतन्त्र उम्मेदबारी दिने तयारीका लागि छलफलमा जुटेका छन् । शुत्रबार धनगढीको रुबस होटलमा आफ्ना समर्थकको भेला बोलाई कसरी जाने बिषयमा रणनीति बनाउन भेला गरेका हुन् । उनले आगामी मंसिर ४मा हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका ओझा निकट नेता बताउछन् । निर्वाचन आयोगले आइतबार उम्मेदवार मनोनयन दर्ताको हुन् ।
आझाले कसरी अगाडी बढ्ने भन्ने विषयमा परामर्श गरिरहेको उनी निकट स्रोतले जानकारी दिएको छ । ‘पुष्करनाथ ओझाले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने लगभग टुङ्गो लाएका छन्,’ ओझा निकट एक नेताले भने, ‘प्रतिनिधिसभा सहित क्षेत्र नम्बर ५को दुबै प्रदेश सभामा समेत उम्मेदवार बनाउने भन्ने विषयमा छलफल चलिरहेको छ ।’ ओझाले छलफलमा आउने सुझावका आधारमा आवश्यक निर्णय लिएर शुक्रबार साँझसम्म पत्रकार सम्मेलनमार्फत उम्मेदवारी घोषणा गर्ने तयारी गरेको बताइएको छ ।
२०७४ सालको प्रतिनिधिसभा चुनावमा आकांक्षी रहेका ओझा प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले पत्नी आरजु राणालाई टिकट दिएपछि ओझा रुष्ट थिए । आरजु नेकपा एमालेका नारदमुनी रानासँग पराजीत भएपछि चुनावमा असहयोग गरेको भन्दै नेपाली कांग्रेसले क्रियाशिल सदस्य समेत नरहनेगरी उनलाई कारवाही गरेको थियो ।
प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि कैलाली–५ बाट एकल सिफारिसमा परेकी आरजुले ओझाको साथ नपाउने देखेपछि समानुपातिक रोजेकी छन् । यो बीचमा ओझालाई फकाउने प्रयास समेत असफल भएका थिए । उनी समानुपातिक सूचीमा परेपछि कैलाली–५ मा नेपाली कांग्रेसले ओझामाथिको कारवाही फुकुवा गरेर टिकट दिने चर्चा चलेको थियो । तर बालुवाटारले भने पूर्व सुदूरपश्चिम प्रदेशसभा सदस्य डिल्लीराज पन्तलाई प्रतिनिधिसभा सदस्यको चुनाव लड्न तयारी गर्न भनिसकेकाले त्यो सम्भावना नरहेको नेताहरु बताउँछन् । प्रदेशसभा ‘ख’ तर्फ भने कैलाली क्षेत्र नम्बर ५का महाअधिबेशन प्रतिनिधी प्रकाश देउवालाई लडाउने तयारी भैरहेको छ ।
भिडियो हेर्न यहाँ Click गर्नुहोस् ।