काठमाडौं/इन्डोनेसियाको एक फुटबल खेलमा प्रहरीले दंगा समर्थकहरूलाई अश्रुग्यास प्रहार गरेपछि भागदौड हुँदा कम्तीमा १२७ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।भागदौडमा करिब १८० जना घाइते भएका छन् ।पूर्वी जाभाका दुई प्रतिद्वन्द्वी पर्सेबायासँग अरेमा फुटबल क्लब पराजित भएपछि दंगा मच्चिएको थियो ।
भिडियोहरूमा अन्तिम सिटीपछि फ्यानहरू पिचमा दौडिरहेको देखिन्छ । प्रहरीले त्यसपछि अश्रुग्यास प्रहार गरेको र यसबाट निसासिएका मानिसहरू भागदौड गरेको पूर्वी जाभाका प्रहरी प्रमुखले बताएका छन् । मृत्यु हुनेमा दुईजना प्रहरी अधिकारी रहेको उनले बताए ।
३४ जना मानिस रंगशालाभित्रै र बाँकीको अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ ।सामाजिक सञ्जालमा राखिएका भिडियोहरूमा शवहरू भुँइमा लडेको देखिन्छ । इन्डोनेसियाली फुटबल संघ पीएसएसआईले यस विषयमा अनुसन्धान सुरु गरेको बताएको छ । यस घटनाले ‘इन्डोनेसियाली फुटबलको अनुहार कलंकित’ भएको संघले उल्लेख गरेको छ ।शीर्ष लिग बीआरआई लिगा एक साताका लागि स्थगित भएको छ ।
बीबीसीबाट ।