धनगढी, १ असोज/धनगढीमा अनशनरत डा. गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ । केसीको सत्याग्रहमा ऐक्यबद्धता जनाउँदै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो ।
डा. केसी विभिन्न सात बुँदे माग राखी धनगढीमा ६ दिनदेखि अनसनमा छन्। सोलिडारिटी फर डाक्टर केसी अलाइन्सको आह्वानमा शनिबार उक्त प्रदर्शन गरिएको हो।
प्रदर्शनकारीले जो निजी अस्पतालको मालिक, उही स्वास्थ्य मन्त्री रु स्वार्थको द्वन्द्वसम्बन्धी कानुन खै रु, उपचार गर्न काठमाडौं कहिलेसम्म धाउनुपर्ने रु लगायत प्ले कार्ड बोकेर प्रदर्शन गरेका छन् ।