धनगढी, २२ भदौ ।कैलालीको धनगढी उपमहानगरपालिका– ५ जाँईमा धान रोपेको ९३ दिनमै पाकेको छ ।
उक्त धान रामकिसुन चौधरीको खेतमा रोपेको राधा–४ जातको धान पाकेको हो । चौधरीले सुनाखरी बहुउद्देश्यीय कृषि फर्मको १ विगाहा ९ कठ्ठामा सो धान रोपेका छन् ।
रोपेको छोटो समयमै पाकेको उक्त धान अब काट्ने तयारीमा रहेको चौधरीले बताए ।