• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कैलालीको कैलारी गाउँपालिकाले गर्यो सय दिनको उलब्धी सार्वजनिक

धनगढी, २१ भदौ ।  कैलालीको कैलारी गाउँपालिकाले १०० दिनको उलब्धी सार्वजनिक गरेको छ ।गत बैशाख ३० गते स्थानीय तह निर्वाचन सम्पन्न पश्चात निर्वाचित भई कार्यभर सम्हालेको १०० दिनको उलब्धी मंगलबार एक कार्यक्रमका विच सार्वजनिक गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी उपलब्धी विवरण सार्वजनिक गर्दै मालपोत समायोजन देखि लिएर रक्त संचार केन्द्रसँगको सहकार्यमा कैलारी गाउँपालिकाका बासीहरुलाई निःशुल्क रगतको उपलब्ध गराउनेसम्म रहेको बताए ।

उपलब्धी विवरणमा आ.व. २०७९/८० को नीति तथा कार्यक्रम र बजेट तथा कार्यक्रम तर्जुमा, मालपोत दरमा समायोजन, सुत्केरीलाई निःशुल्क एम्बुलेन्स गाउँपालिका बाहिर जिल्ला भित्र जन्मदर्ता प्रोत्साहन कार्यक्रम संचालन, नदी नियन्त्रण तथा तटबन्धनका कार्यक्रम संचालन, पुलहरुको मर्मत सम्भार, कैलारी गाउँपालिकाका सडकहरुको मर्मत सम्भार लक्कड, बन्दरगौह्री तथा सिमरानाको झो.पु.निमार्ण सम्पन्न गरेको छ ।

त्यस्तै १५ सैयाको अस्पताल निमार्णका लागि सम्झौता तथा योजना कार्यान्वयन प्रकृयामा, स्वास्थ्य शाखाबाट विभिन्न स्वास्थ्य शिविर संचालन, धनगढी नेत्रालयसंगको सहकार्यमा आँखा शिविर संचालन, विपतपुरका आगलागी पिडितको घर निमार्णका लागि समन्वय (२२ वटा घर), विपतपुरका आललागी पिडितलाई निःशुल्क विद्युत मिटर जडान, गा।पा।को समन्वयमा विपतपुरमा राहत वितरण (नगद तथा जिन्सी), शिवरत्नपुरको पुनस्र्थापनाका लागि समन्वय गरिएको गाउँपालिका अध्यक्ष चौधरीले बताए ।

त्यस्तै गा.पा. का समन्वयमा शिवरत्नपुरमा राहत वितरण, पशु स्वास्थ्य शिविर संचालन, धानवालीको राहत वितरणका लागि समन्वय तथा सहजीकरण, वडा नं. ६ र ९ का कृषकह समूहलाई कृषि कार्यका लागि २५/२५ लाख अनुदान, पकेट कार्यक्रम संचालनका लागि वडा छनौट, संचालित कार्यक्रमहरुको संघन अनुगमन, मेडपा कार्यक्रम अन्तंगत लक्षित वर्गलाई तालिम संचालन गरिएको उपलब्धी सार्वजनिक गरेका छन् ।

गाउँपालिकाबाट मेडपा कार्यक्रम अन्र्तगत लक्षित वर्गलाई बाख्रा तथा सामाग्री वितरण, सामाजिक सुरक्षा भत्ता वडाबाट वितरणको शुरुवात गरिएको छ । जेष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता लिन बैंकमा जानु पर्ने बाध्यता थियो अहिले वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता पाउदा खुशी भएका छन् ।

सामाजिक सुरक्षा भत्ताको अध्यावधिक तथा नविकरण, कार्यालयको रंगरोगन तथा विद्युतीय उपकरण खरिद, वडा नं १ वडा कार्यालय भवन निर्माण प्रकृयामा आएको छ ।

ऐन, नियम, निर्देशिका तथा कार्यविधि निर्माण, घाटको ठेक्का व्यवस्थापन, नदी जन्य पदार्थ उत्खनको ठेक्का व्यवस्थापन, पुन प्रयोग हुने पदार्थ (कवादी) को ठेक्का व्यवस्थापन, विद्युत काउण्टर स्थापनाका लागि समन्वय, मिनि रंगशाला तथा विपि पार्क डिपिआर निर्माण, बाल क्लव तथा सञ्जाल गठन तथा व्यवस्थापन सम्बन्धि अभिमुखीकरण, विद्यालयको संघन अनुगमन, विद्यालय भवन निर्माण, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तगत भवन माग, विद्यालय कर्मचारीको व्यवस्थापन, विद्यालय अनुदान व्यवस्थापनका लागि कार्यदल गठन, संघीय तथा प्रदेश सरकारसंगको समन्वयमा थप बजेट तथा कार्यक्रमको सुनिश्चिता गरिएको छ ।

गा.पा. को समन्वयमा १५४ जना विपन्नलाई निःशुल्क विद्युत मिटर वितरण, एफएओसंग कार्यक्रम संचालन सम्झौता, वडा छनौट, एफएओसंग सहकार्यमा १५५० घरघरीलाई हिउदे तरकारीको बिउ वितरण, एफएओसंग सहकार्यमा जडान गरीने ३० वटा सिचाई टुवेलका लागि स्थान छनौट गरिएको छ ।

सहास नेपालको कार्यक्रम छनौटका लागि वडा छनौट, निर्वाचित पदाधिकारीहरुलाई अभिमुखीकरण विभिन्न तालिम गोष्ठीमा सहभागी, विपन्न तथा विपद पिडितलाई राहत वितरण, कन्ट्रोल प्वाईन्ट स्थापनाका लागि ६ वडामा स्थान पहिचान प्रारम्भिक कार्य, विकास साझेदार तथा सरोकारवालासंग समन्वय तथा सहकार्य गरिएको छ ।

त्यसैगरी उलब्धीमा विभिन्न अभियान संचालन, बार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई, भु–उपयोग नीति कार्यान्वयनका लागि भूमिको वर्गिकरण, १२ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल युवाहरुको नेतृत्व तथा व्यक्तित्व विकासका लागि खेलकदका कार्यक्रमको आयोजना, विभिन्न समिति तथा कार्यदलको गठन तथा परिचालन, अनुग्रह चर्चको भवन निमार्ण सम्पन्न र रक्तसंचार केन्द्रसंगको सहकार्यमा कैलारी गाउँपालिकाका बासीलाई निःशुल्क रगतको उपलब्धता गराइने सम्झौता गरिएको छ ।
गाउँपालिका अध्यक्ष चौधरीले गाउँपालिकाबासीको हकहित सेवा प्रवाह र समग्र कैलारीको दिगो विकासका लागि सदैव चिन्तनशिल, प्रयन्तशिल रहने प्रतिवद्धता जनाए । त्यस्तै उनले गाउँपालिकाको गतिविधि त्रैमासिक रुपमा सार्वजनिक गर्ने बताए ।

गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरी मालपोत दरमा समायोजन गर्दा गाउँपालिकाका स्थानीय खुशी भएको बताइन् । उनले भनिन्–’कैलारी गाउँपालिका बाढी, डुबानको समस्या भोगि रहेको छ । किसानको खेतीपाति बाढीले बगाउदा उनीहरु मारमा परेका छन । पालिकाबाट अब बर्गिकरण गरेर मालमोत लिनेछौँ ।’

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरबहादुर ऐर गाउँपालिकाले तीन महिनाका समयमा धेरै प्रगति गरेको बताए । गाउँपालिकाले १०० दिनको उपलब्धी सार्वजनिकीकरण कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारीहरुको सहभागिता रहेको थियो ।

मङ्गलबार, भदौ २१, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.