काठमाडौं ,११ भदौ । नेपाल टी–२० लिगका लागि खेलाडी दर्ता सुरु भएको छ ।
आगामी असोज ८ गतेदेखि कात्तिक ५ गतेसम्म हुने लिगका लागि नेपाल क्रिकेट संघ ९क्यान०ले चार मापदण्डसहित खेलाडी दर्ता प्रक्रिया सुरु गरेको हो ।
क्यानका अनुसार तीन क्याटेगोरीमा खेलाडी दर्ता हुनेछन् । खेलाडी दर्ताको समय यही भदौ १५ गतेसम्म तोकिएको छ ।
नेपाल टी–२० डट कमको प्लेयर रजिष्टेसनमा गएर फर्म भर्न सकिनेछ ।
