धनगढी, २६ साउन/सुदूरपश्चिम प्रदेशमा आर्थिक अभाबले हिंसामा परेका पीडित महिलाहरुलाई कानुनी रुपमा उजुरी दिन समस्या रहेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् ।
कोरोना भाइरस सन्दर्भमा सामुदायिक सुरक्षा जालो र महिलाबादी आन्दोलनको सुदृढीकरण सम्बन्धि प्रदेश स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रममा सोमवार कैलालीको गौरीगंगा नगरपालिकाको मसुरिया साझाबजारमा सहभागी महिलाहरुले सो कुरा बताएका हुन् ।
प्रमुख अतिथि रहेका सुदूरपश्चिम प्रदेश सांसद बिरभान चौधरीले कार्यक्रममा सहभागी बक्ताहरुले बोलेका प्रश्नको जबाफ दिएका थिए । साथै महिलाहरुलाई राजनीतिक रुपम्मा स्थान दिएको पनि बताए ।प्रहरी कार्यालयमा उजुरी दिएपनि न्याय नपाएकोले महिला हिंसा,बलात्कार र आत्म हत्या घटना समाजमा बढेको माया नेगीले बताइन् । राजनीतिक दलमा पहुच नभएकोले महिलाहरुले स्थान नपाउने गरेको घोडाघोडी नगरपालिका – ७ कि फुलमाया देबी डगौराले बताइन् । साथै महिला हिंसा, बहुबिबाह र सम्बन्ध बिच्छेद् समाजमा बढेको बाताइन् ।
अधिबक्ता रेणु प्रधान श्रेष्ठले कानुनी सम्बन्धी जानकारी नहुदा महिला हिंसा हुँदा पीडित धेरै महिलाहरुलाई थाहा नभएकोले समाजमा जनचेतना दिनुपर्ने बताइन् । नेपाली काँग्रेस गौरीगंगा नगर सभापति पहल बिक्रम चन्दले समाजमा जनचेतना नहुनाले हिंसा घटन नदिन घरपरिवारका अभिभावकले सचेत हुनु पर्ने कुरा बताए । टेवा संस्थाकी कार्यक्रम अधिकृत अन्जु बरालले उदेश्य बारे बताइन । राज्यले महिलाहरुलाई राजनीतिक तवरले पछाडि पारिएको बताइन् ।
प्रहरी कार्यालयमा समयमै सहि सुचना दिए कारबाही अगाडि बढाउन सजिलो हुने र ढिलो सुचना प्राप्त हुनाले घटनाको प्रमाण नष्ट हुनाले कानुनी कारबाही गर्न समस्या हुने गरेको ईलाका प्रहरी कार्यालय मसुरियाका प्रहरी सहायक निरीक्षक नरेश सिंह भाटले बताए । सामाजिक सचेतना महिला सुरक्षा जालोकी कैलाली अध्यक्ष यम कुमारी ढकालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कार्यक्रममा पूर्व सभाषद कृष्ण कुमार चौधरी,शिक्षक खडक बहादुर मन्नी,मसुरिया स्वास्थ्य चौकीका सिनिएर अहेब दिर्घराज जोशी लक्ष्मी थापा,लक्ष्मी बोहरा र सावित्री आचार्यले बिचार राखेका थिए ।