काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले केन्या भ्रमणका लागि निवर्तमान कप्तान ज्ञानेन्द्र मल्ललाई टिममा बोलाएको छ ।क्यानले मंगलबार केन्या भ्रमणका लागि सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टिमको घोषणा गरेको छ । जसमा ज्ञानेन्द्र पनि समावेश छन् ।
केन्या भ्रमणमा नेपालले सुरुमा पाँच ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्नेछ । त्यसपछि तीन खेलको एकदिवसीय शृङ्खला खेल्नेछ । त्यसका लागि नेपालले अगस्ट २५ देखि सेप्टेम्बर ५ सम्म केन्या भ्रमण गर्नेछ ।
नेपाली टिम : सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल (उपकप्तान), सोमपाल कामी, आसिफ शेख (विकेटकिपर), बसिर अहमद, आरिफ शेख, अर्जुन साउद (विकेटकिपर), दिपेन्द्रसिंह ऐरी, पवन सर्राफ, देव खनाल, शाहब आलम, आदिल आलम, किशोर महतो, करण केसी, विवेक यादव ।
