काठमाडौँ, २६ असार । सत्ता नेतृत्वकर्ता नेपाली कांग्रेसको आज पदाधिकारी बैठक बस्दै छ।बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने कांग्रेस सहमहामन्त्री भीष्मराज आङदेम्बेले जानकारी दिए।
भ्रातृ संस्थाको विधानलाई अन्तिम रूप दिन नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्न लागेको हो।पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको विधान प्रतिवेदन तयार पार्न कांग्रेसले नेता एनपी साउदको नेतृत्वमा समिति बनाएको थियो।
कांग्रेसले उक्त समितिले बुझाएको विधानलाई अन्तिम रूप दिन लागेको हो।
कांग्रेसका भ्रातृ संस्था नेविसंघ र दलित संघको मात्र विधान टुंगो लागेको छ, अरूको बाँकी छ।