काठमाडौँ, २१ असार । बेलायतको उत्तरी लन्डनका प्रिमियर लिग तथा अन्तर्राष्ट्रिय फुटबल खेलाडी बलात्कारको आरोपमा पक्राउ परेका छन्।
२९ वर्षिय ती खेलाडीको परिचय भने गोप्य राखिएको छ। उनलाई सोमबार हिरासतमा लिइएको बीबीसीले जनाएको छ।महानगरीय प्रहरीका अनुसार उनीमाथि जुनमा २० को दशककी एक महिलालाई बलात्कार गरेको आरोप छ।
समाचारमा उल्लेख गरिएअनुसार ती खेलाडीले बेलायतको बार्नेटमा युवतीको बलात्कार गरेका थिए। अहिले उनलाई पक्राउ गरी हिरासतमा राखिएको छ।यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
