• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

विश्वकै सबैभन्दा सानो, पाकेटमा बोक्न मिल्ने शौचालय

काठमाडौं ३, असार । जापानको नागोयामा रहेको स्टार्टअप कोकेनवा इंकले ‘पकेट टोइलेट’ उत्पादन गरेको छ । यसलाई विश्वको सबैभन्दा सानो, बोक्न मिल्ने शौचालय भनिएको छ ।

तपाईंलाई दिसा पिसाब लागेपछि तपार्ईं जुनसुकै अवस्थामा त्यसलाई बिसर्जन गर्न बाध्य हुनुहुनेछ । राम्रो शौचालयले हाम्रो दैनिक क्रियाकलापलाई सकारात्मक बनाउन निकै हदसम्म काम गर्छ । यो बिना हामीले आफ्नो जीवन कल्पना पनि गर्न सक्दैनौँ ।

युद्धग्रस्त क्षेत्रहरू र प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रहरूमा सबैभन्दा बढी खोजिने भनेको शौचालयहरू नै हुन् । तर त्यस्ता स्थानमा स्वच्छ शौचालयका खासै विकल्पहरु उपलब्ध हुँदैनन् । खासमा भन्ने हो भने पकेट टोइलेट भन्ने उत्पादन पनि उपलब्ध छ । यसको विशेषता के छ भने यो ७ सेन्टिमिटर अग्लो र ६.५ सेन्टिमिटर चौडा हुन्छ जुन कुनै पनि पाकेट वा पर्समा अट्न सक्छ ।

कोकेनावा इंकका संस्थापक ३० वर्षीय योशिनोरी कोकेनावाले पकेट टोइलेटको अवधारणा सन् २०१९ मा विकसित गरेका हुन् । त्यतिबेला उनले नागानो सहरमा हागिबिस नामको आँधीले क्षती पुर्याउँदा स्वयंसेवकको रुपमा काम गरेका थिए । परम्परागत बोक्न मिल्ने शौचालयको अगाडि लामो लाइन बसेका मानिसहरुलाई देखेपछि उनलाई यस्तो सोच आएको थियो ।

‘मानिसहरु आफ्नो क्षेत्रलाई पुरानै स्थितिमा फर्काउनका लागि सकेसम्म छिटो काम गरिरहेका थिए तर प्रत्येक पटक शौचालय जानुपर्दा भने उनीहरु आधा घण्टासम्म लाइनमा बस्नुपर्दथ्यो,’ कोकेनावाले स्मरण गरे । ‘यसका लागि मलाई केही गर्न मन थियो ।’

सन् २०२० को डिसेम्बरमा कोकेनावाको कम्पनीले पकेट टोयलेट लञ्च गर्यो । यो एउटा यस्तो शौचालय थियो जसलाई कुनै पनि स्थानमा निकै सजिलै प्रयोगमा ल्याउन सकिन्छ । यो शौचलयमा एउटा झोला हुन्छ जुन विशेष र टिकाउ फाइबरले बनेको हुन्छ र यसमा कोगुलेन्टको प्याकेट हुन्छ । उक्त झोलालाई टोइलेटको सिट वा डस्टबिनमा पनि टाँस्न सकिन्छ । कम्पनीले आफ्नो परीक्षणमा उक्त ब्यागको प्रयोगपश्चात् पनि कुनै गन्ध नआएको फेला पारेको छ । कम्पनीले परीक्षण गर्दा ब्यागभित्र दिसा राखेर कोठाभित्र राखेको थियो । कम्पनीको दाबी अनुसार त्यसबाट हप्ता दिनसम्म कुनै गन्ध आएन ।

‘यो महिलाको मेकअप ब्यागमा पनि अट्छ, त्यसैले यसलाई धेरै मानिसहरुले आफूसँगै निकै सजिलै बोक्न सक्ने हामीले अनुमान गरेका छौँ,’ कोकेनावाले भने । उनका अनुसार उनको कम्पनीले हालसम्म ५० हजार पकेट टोइलेट बिक्रि गरिसकेको र ६ हजारभन्दा बढी युद्धग्रस्त युक्रेनमा पठाएको छ ।

 

शुक्रबार, असार ०३, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
मुख्यमन्त्री निवासमै पुगेर ट्राफिक प्रहरीले काट्यो ५ सय जरिवाना
सुदूरपश्चिम प्रदेश सरकारको बजेटप्रति सत्ता साझेदार दलभित्रै असन्तुष्टि

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.