धनगढी, १२ जेठ । कैलालीको गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्ट र प्रधानमन्त्री शेर बहादुर देउबा बिच बिहीवार भेटबार्ता भएको छ ।प्रधानमन्त्री निवासमा मेयर भट्टले प्रधानमन्त्री भेटेका हुन ।भेटका क्रममा भट्टले प्रधानमन्त्री समक्ष गेटा मेडिकल कलेज छिटो सन्चालन गरिदिन आग्रह गरेको बुझिएको छ।
जबाबमा प्रधानमन्त्री देउबाले आगामी संघिय सरकारको बजेट मार्फत कलेज सन्चालन हुने बताएका छन ।प्रधानमन्त्री देउबाले जती सक्यो चांडो कलेज सन्चालन गर्ने प्रतिबद्धता समेत जनाएका छन ।
सरकारको निती तथा कार्यक्रममा गेटा मेडिकल कलेज सन्चालन बारे केही कुरा नआएपछि स्थानिय ले बुधबार देखी बिरोध शुरु गरेका थिए । सोही दिन मेयर भट्ट काठमाण्डौ प्रधानमन्त्री भेटने भनेर हिनेका थिए ।