टिकापुर,१२ जेठ । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक बिकास मन्त्री गोबिन्द बोहराले टिकापुर अस्पतालको अनुगमन गर्नुभएको छ । कैलालीको टिकापुर स्थित अस्पतालको समर्ग पक्षको अनुगमन गर्नु भएको हो । मन्त्री बोहरासंगै आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावल र सामाजिक बिकास राज्य मन्त्री टेकबहादुर रैका समेतले अस्पतालको समर्ग क्षेत्रको अनुगमन गर्नुभएको छ ।
अनुगमनपछि आयोजित कार्यक्रममा बोल्नुहुँदै सामाजिक बिकास मन्त्री बोहराले शिक्षा र स्वास्थ्य क्षेत्रमा अरुको क्षेत्रको भन्दा बढी बजेट अनिवार्य भएको बताए । अरु बिकास भन्दा शिक्षा र स्वास्थ्य महत्वपूर्ण भएकोले बजेट बिनियोजन बढी मात्रमा नै रकम छुट्याउनु पर्ने उहाँको भनाई रहेको छ ।
शिक्षा र स्वास्थ्य क्षेत्रको बिकासका लागि सुदूरपश्चिम प्रदेस सरकार गम्बिर रहेको बताउर्दै अगामी आर्थिक वर्षको वजेटलाई आफ्नो मान्त्रालयले प्रमुख प्रथमिकाताका साथ यस क्षेत्रमा बजेट बिनियोजन गर्ने मन्त्री बोहराको भनाई रहेको छ ।
यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावल शिक्षा र स्वास्थ्य क्षेत्रको बिकासका लागि सबै पक्ष गम्भिर भएर लाग्नु पर्ने बताए । अस्पताल अनुगमनका क्रममा टिकापुर अस्पतालका अध्यक्ष झपडबहादुर सोडारीले अस्पतालको बिकासको लागि बिभिन्न माग सहितको मन्त्री बोहरालाई ज्ञापन पत्र समेत बुझाएको थिए ।
मन्त्री बोहरा लगायतका मन्त्रीहरुले टिकापुर स्थित बिरेन्द्र बिद्या मन्दिर क्याम्पस , जलपा देबि मन्दिर लगायतका बिभिन्न सार्वजनिक क्षेत्रहरुको समेत अनुगमन गर्नुभएको छ ।
तस्बिर: टिकापर क्षेत्रमा अस्पतालको अनुगमनमा समाजिक विकास मन्त्री गोविन्द बोहरा र आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर लगायतको टोली