पुनर्वास, ९ जेठ । कञ्चनपुरको पुनर्वास नगरपालिकाका निवर्तमान नगर प्रमुख तथा उपप्रमुखलाई सोमवार औपचारिक रुपमा बिदाई गरिएको छ ।
कार्यकाल सकिएपछि निवर्तमान नगर प्रमुख जीवनराज थापा र उपप्रमुख शारदा बिष्ट धामीलाई औपचारीक कार्यक्रम गरी बिदाई गरिएको हो । नगरपालिकाका कर्मचारी तथा प्रमुख निर्वाचन अधिकृत किरण जोशी लगायतकाले फुलमाला र खादा ओढाई ससम्मान सहित बिदाई गरेका छन ।
निवर्तमान नगरप्रमुख तथा उपप्रमुखले सम्पुर्ण नगरबासीमा धन्यबाद तथा कृतज्ञता प्रकट गर्नु भयो । पुनर्वास नगरपालिकामा अब नवनिर्वाचित नगर प्रमुख तोय प्रसाद शर्मा र उपप्रमुख भुलिया रानाले कार्यसम्पादन गर्ने छन ।