धनगढी, ८ जेठ । कञ्चनपुरको सबैभन्दा ठूलो भीमदत्त नगरपालिकको मेयरमा नेपाली कांग्रेसका पदम बोगटीको जित निश्चित भएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार बोगटीले मेयरमा १३ हजार ७ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी एमालेका महेश पन्तले ६ हजार ८५८ मत प्राप्त गरे।
यस्तै, राप्रपाका गजेन्द्र बहादुर चन्दले ६ हजार ४७२ मत ल्याएका छन्। माओवादी र एकीकृत समाजवादीको गठबन्धनबाट मेयरका उम्मेदवार समाजवादीका राजेन्द्र पाण्डेयले ३ हजार १३५ मत ल्याएका छन्। मेयरमा बोगटीले ६ हजार १४१ मतले अगाडि छन्। अब ७ हजार २ मत मात्रै गणना गर्न बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। भीमदत्त नगरपालिकामा ४२ हजार ५०० मत खसेको थियो।
आज (आइतबार) रातीसम्म भीमदत्त नगरपालिकाको अन्तिम मतपरिणाम आइसक्ने मुख्य निर्वाचन अधिकृत मदन धामीले बताए।