धनगढी, ८ जेठ । कैलालीमा एक युवक मृत अवस्थामा फेला परेका छन्। आइतबार जिल्लाको लम्कीचुहा नगरपालिका–७ का २८ वर्षीय जयकुमार न्यौपाने मृत फेला परेका प्रहरीले बताएको छ।
उनी लम्कीचुहा–१ स्थित विद्युत कार्यालयको गेट नजिक मृत भेटिएका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।
