धनगढी, ७ जेठ । कञ्चनपुरको पुर्नवास नगरपालिकामा मतगणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार मेयरमा नेपाली कांग्रेसका तोयप्रसाद शर्माले ५ हजार ४ सय ७४ मतसहित अग्रता लिएका छन्। उनलाई नेकपा एमालेका पदमबहादुर पुजाराले ३ हजार ६ सय २४ मत ल्याएर पछ्याईरहेका छन्।
उपमेयरतर्फ पनि नेपाली कांग्रसकी भुलियाकुमारी रानाले ३ हजार ५ सय ८६ मतसहित अग्रस्थानमा छन्। उनलाई नेकपा माओवादी केन्द्रका धोके रानाले ३ हजार ३ सय ५७ मतसहित पछ्याईरहेका छन्।