धनगढी, ७ जेठ । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको मतगणना जारी छ। अहिलेसम्मको मतपरिणाम अनुसार नेपाली कांग्रेसका मेयरका उम्मेदवार हेमराज ओझा ७ हजार ७९६ मतसहित अग्रस्थानमा छन्।
उनलाई नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका जोगराज चौधरीले पछ्याइरहेका छन्। चौधरीले ६ हजार ४२६ मत ल्याएका छन्। यस्तै एमालेका लोकेन्द्र पन्तले पनि ५ हजार ५६८ मत ल्याएका छन्।
यस्तै उपमेयरमा पनि कांग्रेसकी उम्मेदवार द्रोपती रानाले ७ हजार ६८८ मत ल्याएकी छन्। उनलाई पछ्याइरहेकी एमालेकी रमिता कुमारी रानाले ६ हजार १४४ मत ल्याएकी छन्।