काठमाडौं, ४ जेठ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा एमाले विजयी भएको छ । एमालेका किशोर लिम्बु सात हजार १०४ मतसहित निर्वाचित भएका हुन् ।उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोपालप्रसाद भट्ट छ हजार १७१ मत ल्याएर पराजित भए ।
उपप्रमुखमा भने कांग्रेसकी गंगादेवी जोसी निर्वाचित भइन् । जोसीले छ हजार ३६५ मत ल्याएर निर्वाचित हुँदा एमालेकी खिमा चन्द पाँच हजार ८२६ मत ल्याएर पराजित भइन् ।