धनगढी, ४ जेठ । घोडाघोडी नगरपालिकामा २८ हजार ८०४ मत गणना हुँदा गठबन्धनको तर्फबाट एकिकृत समाजवादीले अग्रता कायम राखेको छ।
वडा नम्बर १, २, ३, ४, ९, १०, ११ र १२ को मत गणना सम्पन्न हुँदा मेयरमा उम्मेदवार समाजवादीका खडक रावतले ११ हजार ५७५ मत प्राप्त गरेका छन्। उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका ममता प्रसाद चौधरीले ६ हजार ८९७ मत प्राप्त गरेका छन्।
यस्तै उपप्रमुखमा नेपाली कांग्रसकी गुलियाकुमारी चौधरीले १० हजार २५० र नेकपा एमालकी करुणा बम बटालाले ५ हजार मत प्राप्त गरेकी छिन्।