धनगढी, ३ जेठ/जोशीपुर गाउँपालिका वडा नम्बर ४ मा नागरिक उन्मुक्तिबाट वडा अध्यक्षमा रामजनम चौधरी आफ्नो प्यानल सहित विजयी भएका छन् । उनले १४३४ मत ल्याएर विजयी भएका हुन् ।
त्यस्तै महिला सदस्यमा सुमित्रा चौधरी १४१६, दलित महिला सदस्मा दिलमाया विश्वकर्मा १४६४, खुला सदस्यमा सञ्चित १३३५, वेफराम चौधरी १३३४ मत ल्याएर विजयी भएका हुन् ।