धनगढी, ३ बैशाख । कैलालीको बर्दगोरिया गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कर्णबहादुर कुँवर विजयी भएका छन् । उनले ५ हजार ८४२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्धन्दी नेपाली काँग्रेसका शेरबहादुर कठरियाले ४ हजार १८६ मत ल्याएका छन् । कुँवर कैलाली उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन् ।
उपाध्यक्षमा माओवादी केन्द्रका गणेशराज गिरी विजयी भएका छन । गिरीले ४ हजार ५६९ मत ल्याउँदा उनका प्रतिद्धन्द्धी नेकपा एमालेकी इन्दु कठरीयाले ४ हजार २५५ मत मत ल्याइन् ।