धनगढी, ३ जेठ । कञ्चनपुरको बेलौरी नगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार पोतिलाल चौधरी विजयी भएका छन्। नगर उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार जोगरा चौधरी विजयी भएका छन्।
निर्वाचन अधिकृतका अनुसार नगर प्रमुखमा माओवादीका पोतिलालले ८ हजार ७ सय ८७ मत प्राप्त गरेका छन्। यस्तै एमालेकी कमला बोहराले ६ हजार ८ सय ३ मत पाएकी छन्। नगर उपप्रमुखमा एमालेका जोगरामले ७ हजार ५ सय ८३, माओवादीका मञ्जु शाहले ६ हजार ८ सय ३५ मत पाएकी छन्।
बेलौरी नगर माओवादी नेतृ बीना मगरले संघीय निर्वाचन लड्दै आएको कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा पर्दछ। यहाँ गत निर्वाचनमा पनि माओवादीका पोतिलाल नै नगर प्रमुखमा विजयी भएका थिए।
