धनगढी, २ जेठ । कैलालीको गोदावरी नगरपालिकामा नेपाली कांग्रेसले २ हजार बढी मतले अग्रता लिएको छ। मेयरमा गठबन्धनबाट कांग्रेसका बिरेन्द्र भट्टले ६ हजार ४२८ मतसहित अग्रता कायम गरेका छन्। यस्तै उनलाई पछ्या रहेका एमालेका गोकर्ण भट्टले ४ हजार ४१५ मत ल्याएका छन्। दुवैबीचको अन्तर २ हजार १३ पुगेको छ।
यस्तै उपमेयरमा पनि गठबन्धनबाटै एकीकृत समाजवादीकी रत्ना कडायतले अग्रता लिएकी छन्। कडातले ४ हजार ३५६ मत ल्याउँदा एमालेकी शारदा रोकायाले ४ हजार ३१९ मत ल्याएकी छन्।