• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

डोटीको सायल र पूर्वचौकी गाउँपालिकामा कांग्रेस विजयी

डोटी,२ जेठ । डोटीको सायल गाउँपालिका र पूर्वचौकी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारहरु निर्वाचित भएका छन् ।

पूर्वीचौकी गाउँपालिकाका सबै पदहरुमा कांग्रेस उम्मेदवार विजयी भएका छन् । सात वटा वडाहरु रहेको उक्त गाउँपालिकाका ३७ वटै पदहरुमा कांग्रेस बिजयीभएको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिए ।

अन्तिम मत परिणाम अनुसार कांग्रेसका उम्मेदवार रामप्रसाद उपाध्याय आफ्ना निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार कृष्णकुमार खड्कालाई २ हजार ९२८ मत अन्तरले विजयी भएका छन् । उपाध्यायले ५ हजार १३३ मत पाउँदा खड्काले २ हजार २०५ मत मात्रै प्राप्त गरेका छन् ।

उपाध्यक्षमा पनि कांग्रेसकी पशुपति खड्का ४ हजार ७२४ मत ल्याई निर्वाचित भएकी छन् । उनका प्रतिस्पर्धी एमालेकी शारदा साउँदले २ हजार ४४४ मत मात्र प्राप्त गरिन् ।

निर्वाचन अधिकृत भण्डारीका अनुसार सातवटै वडामा वडाध्यक्ष र सदस्यहरुमा कांग्रेसका उम्मेदवारहरु विजयी भएका छन् ।

२०७४ सालको निर्वाचनमा पूर्वीचौकीको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको थियो । एमाले बिभाजन हुँदा गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटी एकीकृत समाजवादीमा लागे । उनी हाल सो पार्टीको जिल्ला अध्यक्ष छन् । २०७४ सालमा सात वडामध्ये पाँच वडामा कांग्रेसले जितेको थियो ।

यसैगरी सायल गाउँपालिकामा पनि अध्यक्ष र उपाध्यक्ष दुवै पद नेपाली कांग्रेसले जितेको छ । अध्यक्षमा धर्मराज जोशी र उपाध्यक्षमा निर्मला बोहरा निर्वाचित भएका हुन् ।

पूर्वचौकी गाउँपालिका अध्यक्षमा निर्वाचित कांग्रेसका उम्मेदवार जोशीले ३ हजार २४६ मत पाएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार तथा गाउँपालिका निवर्तमान अध्यक्ष तेजबहादुर डुम्रेलले २ हजार २४० मत प्राप्त गरेका छन् ।

यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै निर्मला बोहरा ओली निर्वाचित भइन् । ओलीले दुई हजार ९३७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार एवं गाउँपालिकाका निवर्तमान उपाध्यक्ष विष्नादेवी सिंहले २ हजार १५४ मत प्राप्त गरिन् ।

६ वडा रहेको सायल गाउँपालिकामा वडा नं. १ एमालेले जितेको छ भने अन्य वडाहरुमा कांग्रेसले जितेको छ ।

 

सोमबार, जेठ ०२, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.