दार्चुला, २ जेठ । दार्चुलाको मालिकार्जुन गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हिरासिंह धामी निर्वाचित भएका छन्। ४ हजार ३४ मत ल्याएर धामी निर्वाचित भएका हुन्।
उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका नरेन्द्र सिंह धामीले ३ हजार ३२२ मत ल्याएका छन्। उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्रका कल्यानसिंह धामी निर्वाचित भएका छन्। ३ हजार ५६६ मत ल्याएर उनी निर्वाचित भएका छन्। उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेकी गौमती भट्टले ३ हजार ३२२ मत ल्याएकी छन्।
वैशाख ३०,गते । काठमाडौ महानगरपालिकाको १५ हजार ५५१ मत गणना गर्दा ५१२ मत बदर भएको छ । सोमबार दिउँसो १२ बजे आयोगले दिएको अपडेटअनुसार अहिलेसम्म महानगरको १,२,३,४ र ५ तथा ३१ र ३२ को मत गणना भैइरहेको छ । त्यसमध्ये १ र २ को गणना सकिएको छ ।
पछिल्लो नतिजाअनुसार महानगरको मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ६ हजार मत ल्याएर अग्रता कायमै राखेका छन् । साहले ६ हजार १६ मत ल्याउँदा एमालेका केशव स्थापितले ३१ सय ४१ र काँग्रेसका सिर्जना सिंहले २७८१ मत प्राप्त गरेकी छन् ।
यस्तै उपमेयरतर्फ एमालेकी सुनिता डंगोलले ६ हजार १ सय ७३ पपुलर मत ल्याएर अग्रता कायम गरेकी छन् । त्यस्तै गठबन्धनका रामेश्वर श्रेष्ठले १६९० मत मात्र पाएका छन् ।
