धनगढी, २ जेठ । कैलालीको गोदावरी नगरपालिका–१० को वडा अध्यक्षमा नेपाली काँग्रेसका रविन्द्र शाही प्यानलसहित विजयी भएका छन्। उनी १३११ मतका साथ विजयी भएका हुन्।
शाहीका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामदत्त भण्डारीले १२७४ मत प्राप्त गरे। वडा नम्बर १० मा कुल २८५५ मत खसेका बताइएको छ। २०७४ को निर्वाचनमा पनि शाही वडाध्यक्षमा विजयी भएका थिए।