धनगढी, २ जेठ । कैलालीको घोडाघोडी नगरपालिका–११ मा पुनः मत गणना गरिनुपर्ने भन्दै काँग्रेसका कार्यकर्ताले नाराबाजी गरेका छन्।
मत परिणाम घोषणा नहुँदा काँग्रेसका उम्मेदवार राजकुमार कठरिया विजयी भएको हल्ला चलेको थियो। तर परिणाम घोषणा गर्दा जसपाका दानसिंह जोगी विजयी भएको भनिएपछि उनीहरुले पुनः मत गणनाको माग गरेका हुन्। जोगी कठरिया भन्दा तीन मतले जितेको घोषणा भएको बताइएको छ।