डडेल्धुरा, १ जेठ । कार्यसम्पादन मूल्यांकनमा पहिलो बनेको डडेल्धुराको अजयमेरु गाउँपालिकाको अध्यक्ष पदमा माओवादीका उम्मेदवारले अग्रता लिएका छन्।
पूर्व गाउँपालिका अध्यक्ष समेत रहेका उमेशप्रसाद भट्ट९विकास०ले ११८५ मत पाएका छन्। उनका प्रतिद्वन्दी कांग्रेसका टेकराज पाण्डेयले ११०० मत प्राप्त गरेका छन्। ३८८९ मत गणना हुँदा एमालेका पदम पालले ९ सय ४१ मत पाएका छन्। त्यहाँ २९६ मत बदर भएका छन्।