कञ्चनपुर, १ जेठ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता कायमै राखेको छ। २ हजार ३४८ मतगणना हुँदा माओवादी केन्द्रबाट प्रमुखका उम्मेदवार नवराज ऐरले ७९३ मत प्राप्त गरेका छन्।
उनका प्रतिद्वन्द्वी नेकपा एमालेका रणबहादुर महराले ६६३ मत प्राप्त गरेका छन्। यसैगरी नेपाली काँग्रेसका चिन्तामणि भट्टले ४६९ मत प्राप्त गरेका छन्।
यस्तै उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका माधव पन्तले ५७१, एमालेका मोनिका भट्टले ५२० र काँग्रेसका कल्पना जोशीले ५०९ मत प्राप्त गरेका छन्।
