धनगढी, १ जेठ । कैलालीको गोदावरी नगरपालिका– ११ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। स्वतन्त्रतर्फ उम्मेदवारी दिएका प्रेमसिंह बडैला विजयी भएका हुन्।
उनले १ हजार ७० मत ल्याएका छन्। उनका प्रतिस्पर्धी एकीकृत समाजवादीका शिव विकले ५६९ मत पाए। वडामा एमालेका उम्मेदवार भीम विक तेस्रो भएका छन्। उनले ४०४ मत पाएका छन्।