धनगढी, १ जेठ । कैलालीको गोदावरी नगरपालिकामा नेपाली कांग्रेसले मतान्तर बढाउँदै लगेको छ ।
गोदावरीमा कुल ४ हजार ९३२ मत गणना हुँदा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका बिरेन्द्र भट्टले २ हजार १४० मत ल्याएका छन भने उनलाई पच्छ्याइरहेका नेकपा एमालेका गोकर्ण भट्टले १ हजार ५७४ मत पाएका छन । दुवै बिचको अन्तर ५६६ पुगेको छ ।
उपमेयरमा भने नेकपा एमाले अगाडी छ । उपमेयरमा एमालेकी शारदा रोकायाले १ हजार ५ सय मत सहित अग्रता लिइरहदा गठबन्धनबाट एकीकृत समाजवादीबाट उपमेयरकी उम्मदेवार बनेकी रत्ना कडायतले १ हजार ३१० मत पाएकी छिन । दुवैविचको मतान्तर १९० रहेको छ ।