धनगढी, १ जेठ । बैतडीको शिवनाथ गाउँपालिका–३ मा नेपाली काँग्रेसका केशव कलौनी निर्वाचित भएका छन्। कलौनी ३६१ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन्।
वडामा काँग्रेसको पूरै प्यानल नै निर्वाचित भएको छ। वडा सदस्यमा सुर्मा साउँद, बमिला पार्की, कृष्ण साउँद र लक्ष्मण साउँद विजयी भएका हुन्। कलौनीका निकटतम प्रतिद्वन्द्वी चन्द्र साउँदले २६१ मत पाएका छन्।
