काठमाडौं , २६ वैशाख । पाहुना टोली जिम्बावे ए विरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीयमा नेपालले टस जितेको छ ।टियु क्रिकेट मैदानमा टस जितेर नेपालले सुरुआतमा फिल्डिङ रोजेको छ । जिम्बावेले सुरुआतमा ब्याटिङ गर्नेछ ।
खेल ३३ ओभरको हुनेछ । वर्षाको कारण टियु क्रिकेट मैदानमा पानी जमेको कारण ढिला सुरु हुने भएपछि खेल ३३ ओभरमा झारिएको हो ।आज नेपाल जिम्बावेविरुद्ध जित निकाल्दै सिरिज जित्न चाहन्छ ।
तीन खेलको सिरिज १-१ को स्थितिमा रहेको छ ।पहिलो खेलमा जिम्बावेले नेपाललाई ३ विकेटले हराएको थियो ।तर दोस्रो खेलमा नेपालले जिम्बावेलाई ९ विकेटले हराएको थियो ।
जिम्बावे पनि जित निकाल्दै सिरिज जित्ने योजनामा रहेको छ ।आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ए सँग सिरिज खेलिरहेको हो।
यस अघि भएको तीन खेलको टी-20 सिरिज १-१ को बराबरीमा सकिएको थियो।