कैलाली, १३ वैशाख ।कैलालीको भजनी नगरपालिका–७ चर्रा बस्ने अमर सिह कठरियाको घर तथा खुद्रा पसलममा चोरी भएको छ। सोमबार राति उनको घर र पसलबाट करिब ९ तोला बराबरका सुनका गहना तथा पसलमा राखेको नगद करिब १ लाख ५० हजार रूपैयाँ चोरी भएको प्रहरीले जनाएको छ। चोरीमा संलग्न हाल फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले बताएको छ।
