धनगढी, १३ वैशाख । कैलालीको अत्तरिया बजारमा ट्रकमा अटो ठोक्किँदा २ जना घाइते भएका छन्।गोदावरी नगरपालिका कार्यालय अगाडी भएको दुर्घटनामा धनगढी उपमहानगरपालिका–१३ का पुष्कर पाण्डेय र कञ्चनपुरको कृष्णपुर नगरपालिकाका पुष्कर जोशी घाइते भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ।
मंगलबार धनगढीबाट अत्तरियातर्फ गइरहेको सु प प्र ०१००१ख १६६४ नम्बरको ट्रकमा से१ह २५०८ नम्बरको अटो पछाडिबाट ठोक्किएको प्रहरीले जनाएको छ। घाइतेहरुलाई अत्तरियाको पद्मा अस्पतालमा सामान्य उपचारपछि धनगढीको सेती प्रादेशिक अस्पतालमा रेफर गरिएको छ।