काठमाडौँ, ४ वैशाख । दक्षिण भारतीय ‘केजीएफ २’सँग मिति जुधे पनि नेपाली कथानाक चलचित्र ‘ए मेरो हजुर ४’ले चार दिनमै २ करोड ४३ लाख रुपैयाँ कमाउन सफल भएको छ।
नयाँ वर्षको पहिलो दिनदेखि प्रदर्शनमा आएको ‘ए मेरो हजुर ४’ले बक्सअफिसमा आक्रामक आम्दानी गर्न सफल भएको हो।
प्रदर्शनको दिनदेखि सिंगल र मल्टिप्लेक्समा हाउसफुल व्यापार गरिरहेको चलचित्रले तीन दिनमा २ करोड ४३ लाख ग्रस कलेक्सन गरेको निर्माण टिमले एक पोस्टरमार्फत जानकारी दिएको छ।साउथ फिल्म ‘केजीएफ २’को दबादबाबीच पनि फिल्मको यो आम्दानी राम्रो सफलता हो।
वितरक गोविन्द शाहीका अनुसार चलचित्रले पहिलो दिन देशभर ८८ लाख, दोस्रो दिन ६६ लाख र तेस्रो दिन ८९ लाख कमाएको हो।यस चलचित्रले पहिलो हप्ता ४ करोडको आँकडा छुने अनुमान वितरक शाहीले गरे।
‘केजीएफ २’का कारण मल्टिप्लेक्सहरुमा कम शो पाउँदा फिल्मको कमाई धेरै हदसम्म खुम्चिएको छ। सिंगल थिएटरमा भने ‘ए मेरो हजुर ४’ले एकलौटी वर्चश्व जमाएको छ।