काठमाडौँ, २७ चैत । हलिउड स्टार बेन एफलेक र गायिका जेनिफर लोपेजले आपसमा बिहे गर्ने तयारी गरेका छन्। जेनिफरका प्रतिनिधिले उनीहरूबीच दोस्रोपटक ‘इन्गेजमेन्ट’ भएको बताएका छन्।
५२ वर्षीय जेनिफरेले चौथो र ४९ वर्षीय एफलेकको दोस्रोपटक विवाह गर्न लागेका हुन्। सन् २००० को सुरुवातमा भने यी दुईबीच ‘ब्रेकअप’ भएको थियो।
तर अहिले पुनःनजिकिएका हुन्।शुक्रबार बेलुका जेनिफरले इन्जेगमेन्टमा लगाएको हिराको औंठीसहित भिडिओ सेयर गरेकी छन्। तपाईंहरू सबैलाई बताउन मसँग निकै उत्साही र विशेष स्टोरी छ’, जेनिफरले ट्विटरमा लेखेकी छन्।