काठमाडौं, २६ चैत । संजय स्मृति राष्ट्रिय स्तरको महिला बिच भालिबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।पाल्पाको रानीमहलमा शनिबार भएको फाइनल खेलमा लुम्बिनी प्रदेशलाई पराजित गर्दै पुलिसले उपाधि हात पारेको हो ।
फाइनल खेलमा नेपाल पुलिसले लुम्बिनी प्रदेशलाई २–० को सोझो सेटमा पराजित गरेको हो ।पुलिसले लुम्बिनीलाई पहिलो सेटमा २१–८ र दोस्रो सेटमा २१–१७ ले पराजित गर्यो ।
नेपाल पुलिसका कमला पुन र मनिषा चौधरीले लुम्बिनी प्रदेशकी भावना डाँगी र सरस्वती कट्टेलको जोडीलाई पराजित गरेको हो ।उपाधिसँगै पुलिसले १ लाख नगद, ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता लुम्बिनीले ५० हजार, ट्रफी र मेडल प्राप्त गरेको छ ।
सञ्जय स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा २ विभागीय टोली पुलिस, एपीएफ र सात प्रदेशको टोलीको सहभागिता रहेको थियो ।