काठमाडौं, २५ चैत । नेपाली राष्ट्रिय फुटसल टोली दोस्रो मैत्रीपूर्ण खेलमा पराजित भएको छ ।शुक्रबार भएको मैत्रीपूर्ण खेलमा नेपाल किर्गिस्तानको क्लब फरवाटर एफसीसँग २–० गोल अन्तरले पराजित भएको हो।
खेलको २० औं मिनेटमा कीर्गिस्तानी टोलीले खेलमा अग्रता बनाएको थियो। दोस्रो हाफमा खेलमा दवाब बनाए पनि नेपालका तीनवटा प्रहार गोलपोस्टमा ठोक्किएर बाहिरिएका थिए। तर, ४३ औं मिनेटमा कीर्गिज टोलीले काउन्टरमा गोल थप्न सफल भयो।
नेपाली टोलीका आदिल अहमदले कर्नरबाट प्राप्त बललाई पोस्टको जाली चुमाएपनि त्यसलाई रेफ्रीले गोलको मान्यता दिएनन्।जितपछि फरवाटर टिमका प्रशिक्षक गफुरोभ रुस्लानले दुबै टोलीले राम्रो खेलको भए पनि आजको खेलमा आफूहरु भाग्यमानी रहेको बताए।
दुबै टोली राम्रा र उस्तै स्तरका थिए। तर आजको खेलमा हामी भाग्यमानी ठहर्यौं। अन्य टिमका लागि नेपाल राम्रो प्रतिस्पर्धी हुन सक्छ उनले भने।त्यस्तै नेपाली टोलीका प्रशिक्षक गौरव बस्नेतले मैत्रीपूर्ण खेलमा सुधार भएको बताए।
अघिल्लो खेलमा भन्दा राम्रो भएको छ। पहिलो हाफमा केही कमजोरी रहे पनि दोस्रो हाफमा राम्रो पकड बनाउन सक्यौं। मौकाहरु धेरै बनाउन सक्यो। १३र१४ वटा टार्गेटमा सट प्रहार गरेपनि फिनिसिङ गर्न नसक्दा पराजय ब्यहोर्यौं, उनले भने, आजको खेलमा हामीले ८ जना खेलाडीमात्र प्रयोग गरेका थियौं। टिममा प्रयोगुका हिसाबले यो खेल खेलाइएको थियो।
बिहीबार भएको पहिलो मैत्रीपूर्णमा नेपाली टोली कीर्गिज क्लब डर्डोइसँग ३–१ गोल अन्तरले पराजित भएको थियो ।एएफसी फुटसल एसियन कप छनोटका लागि नेपाली टोली किर्गिस्तानमा रहेका छन् ।
छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह बीु मा रहेको नेपालले पहिलो खेलमा उज्वेकिस्तानसँग खेल्नेछ ।नेपाल र उज्वेकिस्तानबीचको खेल चैत २७ गते हुनेछ ।यस्तै दोस्रो खेलमा नेपालले चैत २८ गते ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।नेपालले अन्तिम खेलमा अफगानिस्तानसँग चैत २९ गते खेल्ने तालिका रहेको छ ।साभार
राष्ट्रिय फुटसल टिम:
गोलकिपर: अनिश श्रेष्ठ, विश्वास पौडेल
फिक्सो: विजय श्रेष्ठ, सरोज तामाङ, सुरज गुरुङ
अला: आदिम हामिद, कृजल खड्का, मनि कुमार लामा, रोशन छन्त्याल, सुमित श्रेष्ठ, उर्केन शेर्पा
पिभोट: हेमन्त गुरुङ, खिमराज गुरुङ, किशोर गुरुङ