काठमाडौँ, २५ चैत । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका पूर्वसभापति विजय सिं तामाङसहित कांग्रेसका स्थानीय नेता–कार्यकर्ता शुक्रबार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।उनीहरूलाई अध्यक्ष प्रचण्डले आफ्नै निवास (काठमाडौं, खुमलटार) मा पार्टीमा स्वागत गरेका हुन्। हेलम्बुबाट कांग्रेसका धेरै जना नेता–कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेको माओवादी केन्द्रले दाबी गरेको छ।