• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

दीपेन्द्र बने सर्वोत्कृष्ट खेलाडी

काठमाडौं,२१ चैत । दीपेन्द्र सिंह ऐरी त्रिकोणात्मक टी–२० श्रृंखलाको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । नेपाल, पपुवा न्यूगिनी (पीएनजी) र मलेसिया सम्मिलित श्रृंखलामा नेपाललाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्र म्यान अफ दि सिरिज घोषित भए ।

उनले ५०० अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् । दीपेन्द्रकै अलराउण्ड प्रदर्शनमा नेपालले सोमबार पीएनजीलाई फाइनलमा ५० रनले हराएर अपराजित रहँदै श्रृंखलाको उपाधि जितेको हो ।उनले फाइनलमा ब्याटिङमा अविजित ५४ रन र बलिङमा ४ विकेट लिए ।

दीपेन्द्रले श्रृंखलाभर ५ खेल खेल्दै १ शतक र २ अर्धशतक प्रहार गर्दै सर्वाधिक २५५ रन बनाए । उनले फाइनलमा २१ रन जोड्दा ट–२० अन्तर्राष्ट्रियमा एक हजार रन समेत पूरा गरे । उनी नेपालका लागि टी–२० अन्तर्राष्ट्रियमा हजार रन पूरा गर्ने पहिलो खेलाडी समेत हुन् ।

दीपेन्द्रले श्रृंखला अन्तर्गत लिगको अन्तिम खेलमा मलेसिया विरुद्ध अविजित ११० रन बनाएका थिए ।पहिलो खेलमा पीएनजी विरुद्ध ४ रनमै आउट भएका उनले दोस्रो खेलमा मलेसियाविरुद्ध २१ रन बनाएका थिए । त्यसपछि तेस्रो खेलमा पीएनजी विरुद्ध ६६ रन बनाएका थिए ।

यस्तै दीपेन्द्रले श्रृंखलामा ५ खेलमा ७ विकेट लिए । फाइनलमा उनले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिएका थिए । टी–२० मा दीपेन्द्रको यो उत्कृष्ट बलिङ फिगर समेत हो । यसअघि उनले फेब्रुअरीमा ओमानमा भएको चारदेशीय टी–२० श्रृंखलामा आयरल्याण्डविरुद्ध ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिएका थिए ।

दीपेन्द्रले अघिल्लो साता भएको पीएनजी विरुद्धको एकदिवसीय श्रृंखलाको दोस्रो खेलमा १०५ रन बनाएका थिए । त्यसअघि पहिलो खेलमा १५ रन बनाएका थिए ।

नेपालमा खेल्नुअघि युएईमा भएको आईसीसी क्रिकेट विश्वकप लिग टू मा बिर्सनलयाक प्रदर्शन गरेका दीपेन्द्रले घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै आफूलाई प्रमाणित गरे ।युएईमा भएको लिग मा टू मा दीपेन्द्रले चार खेलमा क्रमशः ८, ४, ०, ० मा आउट भएका थिए ।

यस्तै नेपालका करण केसी बेस्ट बलर घोषित भए । उनले श्रृंखलामा एक ह्याट्रिकसहित सर्वाधिक १३ विकेट लिएका थिए । करणले लिगमा पीएनजी विरुद्धको एउटै खेलमा ह्याट्रिकसहित ५ विकेट लिएका थिए ।

यसैगरी पीएनजीका टोनी उरा बेस्ट ब्याटर घोषित भए । उराले श्रृंखलामा दुई अर्धशतकसहित १९० रन बनाएका थिए ।

 

सोमबार, चैत २१, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.